दुई जलविद्युत आयोजनाको शेयर आवेदन खुला गरियो

 चैत २६, २०७५ मंगलबार १५:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले सान्जेन माथिल्लो जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाको सेयरका लागि पनि आवेदन खुला गरेको छ । 

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रसुवास्थित १४ दशमलब ८ मेगावाट क्षमताको सान्जेन माथिल्लो जलविद्युत आयोजना र ४२ दशमलब ५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको पनि सर्वसाधारणका लागि शेयर भर्न आवेदन खुला गरिएको जानकारी गराएको हो ।

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत यी दुई वटा आयोजना थप गरी सर्वसाधारणका लागि शेयर भर्न आवेदन खुला गरिएको पनि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । उहाँले नागरिकले तत्काल प्रतिफल पाउने भएकाले त्यस आयोजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको पनि स्पष्ट पार्नुभयो ।

१५ प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्टयाइएको दुवै जलविद्युत आयोजनाको ४५ लाख ७५ हजार बराबरको शेयर प्रतिकित्ता सयका दरले भर्न पाउनेछन ।

सरकारले जनताको स–साना पूँजी संकलन गरेर जनताको जलविद्युत आयोजनाको कामलाई अघि बढाउन यस अघि त्रिशूली बी जलविद्युत आयोजनाको शेयर आह्वान गरेको थियो ।

मन्त्री पुनले नागरिकले तत्काल मुनाफा आर्जन गर्न सक्ने आयोजनालाई प्राथमिकतामा राखेर नागरिकको जलविद्युत आयोजना कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सान्जेन माथिल्लो जलविद्युत आयोजनाको २ अर्ब २२ करोड र सान्जेन जल विद्युत आयोजनाको ५ अर्ब २ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया