तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – सरकारले सबै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुको विकल्प नभएको भन्दै त्यस सम्बन्धी निर्णय पुनर्विचार नहुने स्पष्ट पारेको छ ।
नेपाल पत्रकार महासंघमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागु गर्ने सन्दर्भमा सरकारले निर्णय गरिसकेकाले अब त्यसको कार्यान्वयन गरिने बताउनुभएको हो ।
पत्रकारलाई श्रमको मूल्य देउभन्दा अधिनायकवाद आयो भन्नु गलत भएको भन्दै उहाँले प्रेस स्वतन्त्रताको नाममा श्रमको शोषण गर्ने प्रवृतिको अन्त्य गरेरै छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'श्रमको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातीहरुलाई जहिले पनि १ सय ४ होइन १ सय ५ डिग्रीको ज्वरो आउँछ । त्यो ज्वरो आइरहेको म देखिरहेको छु । हेरिरहनेछु । जुन दिनसम्म म यहाँ नेतृत्व गरिरहने छु । म ब्याक हुन्न । ब्याक हुनुपर्ने कुनै अपराध गरेको छैन ।'
उहाँले नक्कली कागजात बनाएर स्वतन्त्रताको लडाइँ लड्ने विषयमा सरकारलाई झुक्काउने प्रयास नगर्न पनि सचेत गराउनुभयो । खास गरेर ठूला मिडिया सञ्चालकहरुप्रति निकै आक्रामक देखिएका मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक उपलब्ध गराए/नगराएको बारेमा कडा निगरानी गरिने चेतावनी दिनुभयो ।
न्यूनतम पारिश्रमिक लागु गर्ने विषय खासमा सरकारको भन्दा पनि पत्रकार र उनीहरुसँग सरोकार राख्ने संस्थाको एजेण्डा हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'म सोध्नु चाहन्छु , यो मुद्दा कसको हो ? सरकारको हो या १२ हजार श्रमजीवीको ?'
आफ्नाविरुद्ध जति नै आलोचना गरे पनि त्यसको कुनै अर्थ नरहेको भन्दै उहाँले ‘पत्रकारलाई पारिश्रमिक देउभन्दा अधिनायकवाद भन्नु दिउँसै रात पारे जस्तो हुने’ टिप्पणी गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले न्यूनतम पारिश्रमिक लागु गर्ने सवालमा साना र ठूला मिडिया हाउसको वर्गीकरण गरेर त्यसैअनुसारको व्यवस्था गर्न माग गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।