मर्मत नभएपछि बैतडी जिल्ला अस्पताल एम्बुलेन्सविहीन

 चैत २६, २०७५ मंगलबार १८:९:८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बिग्रिएर नबनेपछि जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स सञ्चालनमा आउन सकेको छैन ।

एम्बुलेन्स बिग्रेको र मर्मत गर्ने पैसा नहुँदा सञ्चालनमा ल्याउन नसकिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले बताउनुभयो । अस्पतालको सबै बजेट नगरपालिकामा रहेको र चाहिएको समयमा रकम निकासा गर्न नै झण्झट हुने गरेको उहाँले बताउनुभयो ।

अस्पतालमा अत्यावश्यक सामग्री खरीद गर्न समेत बजेट नभएको डा. बिष्टले जानकारी दिनुभयो । अस्पतालसँग आफ्नै गाडी नहुँदा समेत समस्या भएको छ ।
 देश संघीय संरचनामा गइसकेपछि जिल्ला अस्पताल नगरपालिका मातहत राखिएको छ ।

यसले गर्दा अस्पतालका अत्यावश्यक कामहरुसमेत प्रभावित भएकाे डा. बिष्टले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया