तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै- अर्थमन्त्री डा. युवराज खतिवडाले ढुक्क भएर नेपालमा लगानी गर्न फ्रान्सका उद्यमीहरुलाई आग्रह गर्नु भएको छ ।
अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गरे आवश्यक सबै खालको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । नेपाल र फ्रान्सका उद्यमीहरुबीचको सहकार्यसम्बन्धी कार्यक्रमलाई मंगलबार काठमाण्डौमा सम्बोधन गर्दै उहाँले नेपालको जलविद्युत र प्रविधिको क्षेत्रमा लगानी गरेर उच्च प्रतिफल लिन पनि फ्रान्सका उद्यमीहरुको ध्यानाकर्षण गराउनुभयो ।
अर्थमन्त्री खतिवडाले नेपाल लगानीका लागि दक्षिण एसियाकै सबैभन्दा उपयुक्त देश भएको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको उल्लेख गर्दै त्यसको सदुपयोग गरेर अघि बढन फ्रान्सका उद्यमीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूसँगको भेटवार्तामा नेपाली उद्यमी व्यवसायीहरूले सहकार्यका सम्भाव्य क्षेत्रहरू प्रस्तुत गरेका थिए । त्यस अवसरमा फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नवीकरणीय उर्जा, सूचना तथा संचार प्रविधि, दिगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी यातायात, फोहोर व्यवस्थाप लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो ।
नेपाल लगानी सम्मेलनको लगत्तै नेपालस्थित फ्रान्सेली राजदूतावास र राजदूतको विशेष पहलमा महासंघद्वारा आयोजना गरिएको यो कार्यक्रमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । व्यावसायिक भेटवार्तामा छिमेकी भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत फ्रान्स्वाँ जाभियर लेजेर, दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवम् मिनिष्टर अफ काउन्सिलर जो मार्क फनेलगायतको पनि उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।