तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
सर्लाही – पानी जमेको खाल्डोमा डुबेर मंगलबार राति सर्लाहीको हरिवन –४ मा दुईजना बालिकाको ज्यान गएको छ ।
गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान गएको हो।
मंगलबार दिउँसोदेखि बेपत्ता भएका दुबै बालिकाको राति अबेर स्थानीयले पानीमा डुबेको अवस्थामा शव फेला परेका थिए । इँटा उद्योगमा काम गर्ने मजदुरले पानीमा तैरिरहेको अवस्थामा बालिकाहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।
दुवै मृतकको शव परिक्षणका लागि राति मलंगवा अस्पताल पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।