वीर अस्पतालको परिसरमै उपचार सेवा सुरु

 चैत २७, २०७५ बुधबार १३:४४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको वीर अस्पतालमा अस्पताल परिसरबाटै बिरामीको उपचार सेवा सुरु भएको छ ।

समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकको आन्दोलनका कारण उपचार सेवा ठप्प भएपछि बुधबार भने ओपीडीबाट टिकट काट्ने काम भएको अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले जानकारी दिनुभयो ।

आन्दोलनमा उत्रिएकै चिकित्सकले अस्पताल बाहिर टेबल कुर्ची राखेर आफैँ बिरामी हेर्न थालेका पनि सेन्चुरीले बताउनुभयो । सरकारी चिकित्सक संघ गोदानले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो । ‘झण्डै तीन सय बिरामीले टिकट लिएका छन्, डाक्टर सेन्चुरीले भन्नुभयो,‘उपचार नियमित छैन तर बिरामी फर्किनुपरेको पनि छैन ।’

सेवा सञ्चालन गर्न सुरक्षाकर्मीबाट अस्पतालमा कुनै प्रकारको बल प्रयोग नभएको उहाँको दावी छ ।
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया