सरकार सुरु गर्‍याे ‘नेपाल जीवनस्तर सर्वेक्षण’

 चैत २७, २०७५ बुधबार १४:५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सुरु गरेको छ ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम पनि सुरु गरिएको जानकारी दिनुभएको हो । बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उहाँले गरिबी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्‍याउन विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्नै कामलाई अघि बढाएको बताउनु भयो ।

त्यसैगरी विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समूदायहरुको पनि तथ्यांक संकलनको काम पनि सुरु गरिएको जनाएको छ ।

विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाइल बनाउने कामलाई पनि अन्तिम चरणमा पुर्‍याएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले मुलुकको समग्र डाटालाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ सो डेटा प्रोफाइल बनाउने काम भइरहेको  पनि समितिलाई जानकारी गराउनु भयो ।

केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम पनि सुरु गरेको छ । रोजगारीको अवसर सृजना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि सुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया