अन्तर्राष्ट्रिय स्तरकाे प्रर्दशनी हल बनाउन उपराष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

 चैत २७, २०७५ बुधबार १४:५०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - उपराष्ट्रपति नन्दबहादुर पुनले राजधानी काठमाण्डाैमा एउटा अन्तराष्ट्रिय स्तरको प्रर्दशनी हल बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । 

उपराष्ट्रपति पुनले प्रर्दशनीका लागि हलको व्यवस्था नभएको उल्लेख गर्दै काठमाण्डाैमा अन्तराष्ट्रिय स्तरको र जिल्ला–जिल्लामा पनि प्रर्दशनी हलको व्यवस्था हुने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनु भयो। बुधबारबाट ललितपुरको नःटोलस्थित मदन स्मारक माध्यामिक विद्यालयको प्राङगनमा सुरु भएको ‘ललित अन्तराष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उहाँले भृकुटीमण्डपमा भएको प्रर्दशनी हल पुरानो भैसक्दा पनि नयाँ प्रर्दशनी हलको व्यवस्था गर्न नसक्नु देशको लागि लाजमर्दो विषय भएको पनि बताउनुभयो ।

उपराष्ट्रपति पुनले देशको समृद्धि र विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्ष एकतावद्ध भएर पहल गर्न जरुरी रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरको कला र संस्कृतिलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ  मेला आयोजना गरिएको स्पष्ट पार्नुभयो । उहाँले ललितपुरमा रहेका कलाका नयाँ–नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउन पनि प्रर्दशनीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।

५ दिनसम्म चल्ने मेलामा ललितपुरका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिएको छ । भारत, चीन, पाकिस्तान, बंगलादेशसहित १ सय भन्दा बढि स्टल रहेको मेलामा झण्डै ५ लाखले अवलोकन गर्ने र ५ करोड रुपैँया बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया