तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनको क्रममा आफूलाई ठूलो दबाब आए पनि प्रभावमा नपरी प्रतिवेदन तयार पारेको स्पष्ट पार्नुभएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सापकोटाले भन्नुभयो, ‘तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको एक सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएका छौं । हामीले सरकार र अख्तियारलाई सहयोग पुग्ने गरी नै प्रतिवेदन तयार पारेका छौं ।’
‘अहिले हाम्रो देशमा बहुआयामिक भ्रष्टाचार व्याप्त रहेको छ भन्ने कुरा उजागर भएको छ । एकपछि अर्को गरेर भ्रष्टाचार र अनियमितताका कुरा बाहिर आएका छन्,’ उहाँले थप्नुभयो ।
उहाँले प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासकै जग्गा व्यक्तिको नाममा दर्ता भएको कुरा बाहिर आउनु लज्जाको विषय भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘भू-माफिया र जग्गा दलालहरु सलबलाए, यो त दुःखको कुरा हो । मुलुक अहिले भ्रष्टाचारको सिकञ्जामा परेको छ ।’
भ्रष्टाचारको नियन्त्रण गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रको सम्पत्ति हिनामिना गर्नेलाई कठघरामा ल्याउनुपर्ने धारणा राख्नुभयो । जिम्मेवारी नलिने र लिएपछि त्यसलाई पूरा गरेरै छोड्ने आफ्नो स्वभाव रहेको सुनाउँदै उहाँले भन्नुभयो, ‘जिम्मा लिएपछि त्यसलाई राम्रोसँग पूरा गरेर छोड्ने स्वभाव छ । यो केशमा पनि मैले त्यही गरेँ ।’
यद्यपि उहाँले छानबिनको क्रममा सम्बन्धित सरकारी निकायबाट नै सहयोग नपाएको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो विज्ञ पनि भएनन् । छानबिनको क्रममा हामीलाई विज्ञको अभाव भयो ।’ उहाँले हयात होटेल व्यवस्थित रहेको र होटेलको सम्पत्ति दिनदिनै बढिरहेको भन्दै सरकारको सम्पत्ति घट्दै जानु र ३ सय ४ रोपनी जग्गा क्षतविक्षत बनाइनु दुःखद् भएको बताउनुभयो ।
पार्टी एकताका बारेमा प्रश्न राख्दा उहाँले भन्नुभयो, ‘पार्टी एकता विलम्ब भएको छ । हुनै नहुने कुरा भयो ।’ आगामी वैशाख ९ गते लेनिन दिवस परेकोले त्यही दिन एकता टुङ्गो लाग्ने पनि उहाँले दावी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।