धारिलाे हतियार प्रयाेग गरी श्रीमतीको हत्या गरेकाे आशंकामा श्रीमान पक्राउ

 चैत २७, २०७५ बुधबार १७:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर - पौवादुङ्मा गाउँपालिका वडा नम्बर ४ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । १९ वर्षीय रमेश पौडेलले १९ वर्षीया श्रीमती जानुका पौडेल थापाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

घरको भान्सा कोठामा जानुका पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशव कुमार थेवेले बताउनुभयो । हत्या गरेको आशंकामा श्रीमान पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी थेवेले बताउनुभयो । 

श्रीमतीको हत्या गरेको श्रीमानले स्वीकारेका छन् । मृतक पौडेलेको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ । उनीहरुका दुई महिनाको एक छोरा छन् । 
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया