सरकारी डाक्टरकाे आन्दाेलन यथावत, भाेलि पनि अस्पताल परिसरबाटै उपचार दिने

 चैत २७, २०७५ बुधबार १९:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आन्दोलनरत सरकारी डाक्टरहरुले बुधबार वीर अस्पताल परिसरबाट उपचार दिएका छन् ।

समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी डाक्टरको आन्दोलनका कारण उपचार सेवा ठप्प भएपछि बुधबार ओपीडीबाट टिकट काटिएको थियो । तर बुधबार सबै बिरामीले उपचार भने पाएनन् । बिहीबार पनि अस्पताल परिसरबाटै उपचार दिने डाक्टरले बताएका छन् ।

आफ्नो माग पूरा नभएसम्म यसरी नै उपचार सेवा दिने डाक्टरले बताएका छन् । यस्तै डाक्टरले वीर अस्पतालसँगै अरु सरकारी अस्पतालबाट पनि बिस्तारै सेवा दिने तयारी गरेका छन् । बिरामीले उपचार नपाएको भन्दै बिरोध बढेपछि आन्दोलनमा रहेका डाक्टरले अस्पताल परिसरबाटै उपचार दिने तयारी गरेका सरकारी चिकित्सक संघ गोदानले जनाएको छ ।

यसैबीच, नेपाल चिकित्सक संघले  सरकारी डाक्टरको समायोजनका सम्बन्धमा छलफल गरी  रणनीति बनाउन आकस्मिक बैठक बोलाएको छ । संघले बुधबार प्रेस विज्ञप्ति निकालेर काठमाण्डाै उपत्यकाभित्रका सरकारी, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, नागरिक समाजका प्रतिनिधि, चिकित्सा पेशासँग सम्बन्धितलाई छलफलका लागि बोलाएको हो ।

संघका महासचिव डाक्टर लोचन कार्कीले बिहीबार दिउँसो २ बजे चिकित्सक संघको कार्यालय प्रर्दशनी मार्गमा बैठक बोलाइएको जानकारी दिनुभयो । यस्तै, विज्ञप्तिमार्फत संघले वीर अस्पतालमा कार्यरत सरकारी डाक्टरको विरोध कार्यक्रममा प्रहरीले धरपकड र हातपात गरेकोे भन्दै विरोध पनि जनाएको छ । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया