तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
भक्तपुर – नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधि अनुसार मनाइने प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्राको पहिलो दिन आज भैरवको रथ तानिएको छ ।
आज अपरान्ह ४ बजेदखि तौमढीबाट हजारौको संख्यामा भेला भएका मानिसहरुले रथ तानेर जात्रा सुरु गरिएको हो ।
नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँचदिनसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका नेवार समुदायले आठ रात नौ दिनसम्म मनाउने गर्दछन् । बिस्केट जात्राको पहिलो दिन बिहानैदेखि भैरव र भद्रकालीको पूजा गरी दिउँसोबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ ।
तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले तानेर आ–आफ्नो क्षेत्रमा लैजान परम्परा छ । रथ तौमढीबाट तानेर मासिथल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोल्मढी हुदै दत्तात्रय पुर्याइएकाे छ । रथलाई यहाँबाट तानेर आजै रातिसम्म गःहिटी पुर्याएपछि पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ ।
जात्रालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । जात्रामा भक्तपुर जिल्लाका साथै काठमाण्डौबाट मगाइएका सुरक्षाकर्मी, सशस्त्र प्रहरी र नेपाली सेनामा सुरक्षाकर्मी र सादा पोशाकका प्रहरी गरी पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
ढुङ्गा हानाहान हुने र अन्य ज्यानै जाने दुर्घटना हुनसक्ने तर्फ सुरक्षाकर्मी सचेत रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जात्रा आगामी वैशाख ५ गते सम्पन्न हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।