अमेरिकी क्लब डीसी युनाइटेडले वायन रुनीलाई कीर्तिमानी रकममा भित्र्यायो

 असार १४, २०७५ बिहीबार २०:५४:२२ | एजेन्सी
unn.prixa.net

इंग्लिस फुटबल खेलाडी तथा एभर्टनका स्ट्राइकर वायन रुनीले अमेरिकी फुटबल लिग मेजर सकर लिगमा अनुबन्धित भएका छन् । उनी अमेरिकी क्लब डीसी युनाइटेडमा अनुबन्धित भएका हुन् । 

रुनीको आधिकारिक रुपमा भने अमेरिकी लिगको आउँदो १० जुलाईबाट मिड–सिजन ट्रान्सफर सुरु भएपछि मात्रै अनुबन्धित हुनेछन् । ३२ वर्षीय रुनीले डीसी युनाइटेडसँग १० मिलियन पाउण्डमा सम्झौता गरेका हुन् । 

म्यानचेस्टर युनाइटेडका पूर्व कप्तानसमेत रहेका रुनीले डीसीबाट पहिलो खेल आउँदो जुलाई १४ मा भ्यानकुभर ह्वाइटक्याप्सविरुद्ध खेल्नेछन् । 

 

रुनी डीसी युनाइटेडमा पनि ९ नम्बर जर्सीमै खेल्ने छन् । डीसीले आफ्नो क्लबको ९ नम्बरको जर्सीमा रहेका रुनीको भिडियोसमेत सार्वजनिक गरेको छ । वाशिंगटन पोष्टका अनुसार डीसीमा हालसम्मकै सर्वाधिक रकममा सम्झौता गर्ने खेलाडी बनेका छन् । 

 

१८ वर्षको उमेरमै रुनी सन् २००४ मा म्यानचेस्टर युनाइटेडमा २५ मिलियन पाउण्डमा अनुबन्धित भएका थिए । उनले युनाइटेडका लागि ५५९ खेलमा २५३ गोल गरेका छन् । साथै क्लबलाई पाँच पटक युनाइटेडलाई प्रिमियर लिगको उपाधि जिताएका छन् । 

रुनीले इंग्ल्याण्डको राष्ट्रिय टिमबाट ११९ खेलमा ५३ गोल गरेका छन् । रुनी गएको वर्षमात्रै आफ्नो बाल्यकालको क्लब एभर्टनमा आवद्ध भएका थिए । उनले एभर्टनबाट ४० खेलमा ११ गोल गरेका थिए । गत सिजनको प्रिमियर लिगमा एभर्टनले आठौं स्थान हासिल गरेको थियो । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया