रिहा भएलगत्तै विप्लव नेतृत्वको नेकपाका जिल्ला नेताले छोडे पार्टी

 चैत २८, २०७५ बिहीबार १९:०:४० | पुरुषोत्तम गिरी

सल्यान – सल्यानमा  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता रिहा भएका छन् । झण्डै २० दिन अघि पक्राउ परेका उनीहरु धरौटीमा रिहा भएका हुन् । 

रिहा हुनेमा नेकपाका जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी सल्यानका उपाध्यक्ष भिम वली र पार्टीको भातृ संगठन युवा संगठनका जिल्ला सचिव खुम केसी रहेका छन् । 

केसीलाई एक लाख धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख इनिस्पेक्टर पञ्चलाल गोलेले बताउनुभयो । यस्तै वली १० हजार धरौटीमा रिहा भएका हुन् । दुवैलाई जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य जाँच गरी रिहा गराइएको हो । 

रिहा भएलगत्तै जिल्ला सदस्यले गरे पार्टी परित्याग

यसैबीच रिहा भए लगत्तै रिहा हुनेमा नेकपाका जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी सल्यानका उपाध्यक्ष भिम वली पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

औषधि व्यवसायीसमेत रहेका वलीले आफ्नो व्यवसाय र पारिवारिक अवस्थाका कारण पार्टी परित्याग गरेको पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । ‘अबदेखि पार्टीको काम गर्दिनँ’, उहाँले भन्नुभयो, ‘अब स्वतन्त्र भएर बस्छु । ’

विप्लव नेतृत्वको नेकपाका जिल्लामा पक्राउ परेका ५ जनामध्ये ३ जना भने अझै रिहा भएका छैनन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया