विप्लव समूहका मकवानपुर इञ्चार्ज ज्वाला पक्राउ

 चैत २९, २०७५ शुक्रबार ९:९:५४ | उज्यालो सहकर्मी

मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार राति नेकपा माओवादी विप्लव समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला)सहित २ जनालाई पक्राउ गरेको छ । 

नेकपा पार्टीमा लामो समयदेखि लागेका ज्वालालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका—८ फायरलाइनबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एकजनालाई पक्राउ गरेको एसपी सिंहले बताउनुभयो । 

यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चारजनालाई पक्राउ गरेर हिरासतमा राखी विभिन्न मुद्दा चलाएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया