तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - इन्टरनेट सेवा प्रदायक संस्थाहरुले पनि सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।
टेलिभिजन प्रसारणको अनुमति लिएका कम्पनीलाई विना प्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।
टेलिभिजन प्रसारक संस्थालाई विना प्रतिस्पर्धा नियम विपरीत इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै उनीहरुले शुक्रबार काठमाण्डौको कमलादीमा रहेकाे नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका छन ।
नियम, कानुन विपरीत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रसारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गर्नुपरेको इन्टरनेट सेवा प्रदायक संघ, नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो ।
सरकारले हाल नेपाल दूर सञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालन गर्ने अनुमति दिइरहेको छ । अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैले सो काम गर्न लागेकोमा पनि आफूहरुको आपत्ति रहेको संघको भनाइ छ ।
इन्टरनेट सेवा प्रदायक संस्थाहरुले आफूहरुले सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराईरहँदा पनि सरकारले विकल्प खोजेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।
उनीहरुले इन्टरनेट सेवा आफूहरुबाट सञ्चालन गर्ने कानुनी व्यवस्थाको उल्लंघन नगर्न सरकारलाई सचेत गराउँदै शुक्रबार नै नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापन पत्र पनि बुझाएका छन् । संघका अध्यक्ष भट्टले सरकारले आफूहरुको माग सम्बोधन नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।