तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – नेपालमै पहिलोपटक सौन्दर्य सामग्री ‘पर्फ्युम’ उत्पादन भएको छ । वन तथा वातारण मन्त्रालय अन्तर्गतको वनस्पति विभागले नेपालमै पहिलो पटक ‘पर्फ्युम’ उत्पादन गरेको हो ।
शुक्रबार वनस्पति विभागले आफ्नो ५९ औँ वार्षिकोत्सव तथा २० औँ वनस्पति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा ‘जुम्ला’ र ‘कोशी’ नामका पर्फ्युम वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सार्वजनिक गर्नुभयो ।
‘कोशी’ नामको पर्फ्युम शरीरमा छर्दा केही समय मात्रै रहन्छ भने जुम्ला नामको पर्फ्युम (जसलाई अत्तर पनि भन्ने गरिन्छ) २४ घण्टाभन्दा लामो समय रहन्छ ।
प्राकृतिक सुगन्धित तेल तथा जडीबुटीबाट उत्पादन भएका यी पर्फ्युम शरीरमा लगाउँदा कुनै हानी हुँदैन । बजारमा पाइने पर्फ्युममा रसायन पनि मिसाइएको हुनाले प्राकृतिक रुपमै उत्पादन गरिएका यी पर्फ्युम शरीरका लागि फाइदा हुने विभागको प्राकृतिक सम्पदा अनुसन्धानशाला शाखाका प्रमुख तथा वैज्ञानिक अधिकृत देवीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
गएको वर्ष विभागले कपडा धुने साबुन र नुहाउने स्याम्पु बनाएको थियो । ‘जटामसी, श्रीखण्ड, लेमन ग्रास, क्यामोमाइललगायत सुगन्धित तेल तथा जडिबुटीबाट पर्फ्युम निर्माण गरेका हौँ,’ विभागका अर्का वैज्ञानिक अधिकृत राजेश्वर रञ्जितकारले भन्नुभयो, ‘वैध तथा अवैध रुपमा विदेश निर्यात हुने जडीबुटिलाइ प्रयोग गरेर स्वदेशमै सौन्दर्य सामग्रीका रुपमा पर्फ्युम बनाएका हौँ ।’
शरीरलाई स्वच्छ तथा स्फूर्त राख्नका लागि पर्फ्युम प्रयोग गरिन्छ जुन अहिले महंगो मूल्यमा विदेशबाट आयात हुने गरेको छ । स्वदेशमै प्राकृतिक जडीबुटीबाट पर्फ्युम निर्माण गरिएपछि अब विदेशबाट महंगो मूल्यमा आयात गर्नुपर्ने बाध्यता हट्ने विभागका वैज्ञानिकहरुको विश्वास छ ।
तर यसको बजारीकरण जडीबुटी संकलन तथा प्रशोधन केन्द्रले गर्नेछ । विभाग आफैले उत्पादन गरेर बेच्नका लागि वनस्पति स्रोत विधेयक २०७५ मस्यौदा बनाए पनि त्यो संसदबाट पारित भएको छैन ।
अहिले वन तथा वातावरण मन्त्रालयमै छलफलमा रहेको यो विधेयक संघीय संसदबाट पारित भएमा आउँदा दिनमा वनस्पति विभागले उत्पादन गरेका सामग्री बेच्न पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
किरण
April 15, 2019, 11:22 a.m.के त्य्सोभए यो प्रडक्ट अहिले बजारमा launch भएको छैन? प्रयोग गर्न उत्साहित छु। कृपया जानकरी पाउ है।
Reeta Dhital
April 15, 2019, 7:37 a.m.वास्ना प्रयाेग गरेपछि थाहा हाेला, नाम चाहिं अौधी राम्राे छ। सफलताकाे शुभकामना।