वैज्ञानिकहरुले बनाए मानिसको जस्तै दिमाग भएको बाँदर, चीनको दावी

 चैत २९, २०७५ शुक्रबार १६:२०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वमै अनौठा र आश्चर्यजनक प्रयोग गरेर सफलता चाख्दै आएको चीनले फेरि एउटा आश्चर्यजनक प्रयोगमा सफलता प्राप्त गरेको दावी गरेको छ । चिनियाँ वैज्ञानिकहरुले हालसालै मानिसकोजस्तो दिमाग भएको बाँदर तयार गरेको दावी गरेका हुन् । 

वैज्ञानिकहरुका अनुसार, एघार वटा बाँदरमा एमसीपीएच–१ जीन प्रत्यारोपण गरेर तयार गरिएको हो । चिनियाँ वैज्ञानिकहरुले यो कुराको दाबी गरेका छन् । मानव मस्तिष्कको विकासमा यो जीनले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । 

वैज्ञानिकहरुले प्रयोगको दौरान मानिसकोजस्तै बाँदरको दिमाग विकसित हुन पनि धेरै समय लाग्ने तथ्य फेला पारे । चीनको यो दावी सत्य सावित भए एउटा ठूलो सफलता हासिल हुने बताइन्छ। ती बाँदरहरुको दिमाग मानिसको जस्तै भएको दावी गरिएको छ । 

'शर्ट टर्म मेमोरी टेस्ट' मा पनि बाँदरहरुले राम्रो प्रदर्शन गरेको रिपोर्टमा बताइएको छ । जङ्गली बाँदरको तुलनामा यी बाँदरहरु कुनै पनि कुरामा तुरुन्त प्रतिक्रिया दिइहाल्छन् । यद्दपि यिनिहरुको दिमागको आकार भने बढेको छैन ।  
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया