चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर : मोहन वैद्य

 चैत २९, २०७५ शुक्रबार १७:४७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।

महासचिव वैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गर्नुभयो । 

११ विद्यार्थी संगठनले शुक्रबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले रेशम चौधरीलाई जन्मकैदको सजाय दिने काम गरेको भन्दै सरकारको चर्को आलोचना पनि गर्नुभयो । महासचिव वैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न पनि सरकारलाई दबाब दिनुभयो ।

उहाँले चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियता र जनजीविकालाई थाती राखेर देशमा समृद्धि ल्याउन नसकिने महासचिव वैद्यको भनाइ छ ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया