माग सम्बोधन नभएको भन्दै पुनर्निर्माणमा खटिएका प्राविधिकले कामकाज ठप्प पारे

 चैत ३०, २०७५ शनिबार ६:३१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा -पुनर्निर्माणमा खटिएका आन्दोलनरत प्राविधिकहरुले आजदेखि सम्पूर्ण कामकाज ठप्प गरेका छन् । ४ बुँदे मागसहित १ महिनादेखि आन्दोलन सुरु गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्बोधन नगरेको भन्दै उनीहरुले पुनर्निर्माणसँग सम्बन्धित सम्पूर्ण कामकाज ठप्प गरेका हुन् । 

आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पुनर्निर्माण प्राविधिक हकहित जिल्ला स्तरीय संघर्ष समितिका संयोजक पुण्य प्रसाद रिमालले जानकारी दिनुभयो ।

यसैबीच प्राविधिकहरुले जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनको कार्यालयमा लगाएको ताला खुलाइएको छ । आन्दोलनस्वरुप प्राविधिकहरुले लगाएको ताला प्रहरीको सहयोगमा खुलाइएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका प्रमुख इन्जिनियर अर्जुन तामाङले जानकारी दिनुभयो । 

प्राविधिकहरुले आवास पुनर्निर्माण लाभग्राहीहरुको किस्ता समयमै उपलब्ध गराउनुपर्ने, पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको स्वास्थ्य तथा सुरक्षा बीमा गर्नुपर्ने, प्राविधिकको भविष्यको सुनिश्चितता गरिनुपर्ने र गएका वर्षझैं खाइपाइ आएको प्रोत्साह भत्ता, भौगोलिक भत्ता, सञ्चार र यातयात खर्च मासिकरुपमा उपलब्ध गराउनुपर्ने ४ बुँदे माग गरेका छन् । 

जिल्ला आयोजना कार्यान्वय इकाइ शिक्षा कार्यालयमा कार्यरत प्राविधिकहरु भने नियमित काममा छन् ।  

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया