वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - २०७५ काे शेयरबजार अपेक्षा नै अपेक्षामा सकिएको छ । वर्ष सकिए पनि आर्थिक वर्ष सकिन अझ ३ महिना बाँकी छ । शेयरबजारका लागि वर्ष सकिने भन्दा पनि तेस्रो त्रैमासिक अवधिमा कम्पनीको वित्तीय स्थिति कस्तो रह्यो होला भन्ने चासो बढी हुन्छ ।
अघिल्लो साताभन्दा यस साताको अन्तिम दिन सूचक र कारोबार दुवै बढेको छ ।
यस हप्ता २ वाणिज्य बैंकले साधारणसभा घोषणा गरेका छन् । अझ पनि प्राइम, नेपाल क्रेडिट एण्ड कमर्श र सिभिल बैंकले साधारणसभा घोषणा गरेका छैनन् । त्यस्तै, बीमा कम्पनी कुनैले पनि सभा घोषणा गरेका छैनन् ।
त्यस्तै, ठूलो पूँजी र क्षमता भएको तामाकोशी जलविद्युत कम्पनीले पनि सभा घोषणा गरेका छैनन् । प्राथमिक र हकप्रद शेयर जारी हुने क्रम बढ्दो छ ।
बैंक गाभिने/विलय हुने क्रमसँगै एकीकृत कारोबार र गाभिने स्वीकृति लिन विशेष सभा पनि हुन थालेको छ । गाभिने क्रममा रहेका कावेली र सप्तकोशी बैंकले विशेष सभा सम्पन्न गरेका छन् ।
यस हप्ता बजार ५ दिन पुरै खुलेको थियो ।
यस हप्ता सर्वाधिक बजार पूँजीकरण भएका कम्पनीमा कुनै परिवर्तन आएको छैन । अंकमा मात्र तलमाथि हुने गरेको छ ।
यस हप्ता निम्न कम्पनीको शेयर सूचीकरण भएको छ ।
शेयरबजारमा नयाँ शेयर, हकप्रद जारी हुने क्रम चलिरहेको छ । एभरेष्ट इन्सुरेन्सले वैशाख ९ गते हकप्रद शेयर जारी गर्न बुक क्लोज गर्ने भएको छ ।
युनियन हाइड्रोपावरको शेयरमा पर्याप्त आवेदन पर्नासाथ बन्द हुनेछ ।
नेप्सेमा सूचिकृत कम्पनीले लाभांश घोषणा गर्ने क्रम चलिरहेको छ । तर बीमा कम्पनीले भने आर्थिक वर्ष २०७४/७५ को लाभांश घोषणा गरेका छैनन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ ।
कम्पनीहरुले साधारणसभा र बुक क्लोजको मिति घोषणा गर्ने क्रम चलिरहेको छ । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।
अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ ।