विप्लव समूहका मकवानपुर इन्चार्ज ज्वाला पक्राउ: कुन मुद्दा लगाउने भन्नेमा प्रहरी नै अन्याेलमा

 चैत २९, २०७५ शुक्रबार १८:४१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

हेटौंडा - जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार राति विप्लव नेतृत्वकाे नेकपा समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई पक्राउ गरेको छ ।

नेकपा पार्टीमा लामो समयदेखि रहेका ज्वालालाई पक्राउ गरिएको मकवानपुर प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । 

उनलाई हेटौंडा उपमहानगरपालिका—८ फायरलाइनबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको एसपी सिंहले बताउनुभयो । बिना आधार पक्राउ गरिएका ज्वालालाई के मुद्धा लगाउने भन्नेमा प्रहरी अन्याेलमा परेको छ ।

शुक्रबार सरकारी वकिलसँगको सल्लाहबाट मात्र कुन मुद्धा लगाउने भन्ने टुङगो लगाइने उहाँले बताउनुभयो । यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।

 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया