तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – सरकारले विभिन्न संस्थामा २ खर्ब २६ अर्ब रुपैयाँ शेयर लगानी गरे पनि प्रतिफल अत्यन्तै न्यून मात्रै रहेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ सम्म सरकारले १०८ वटा संस्थामा २ खर्ब २६ अर्ब ७८ करोड रुपैयाँ शेयर लगानी गरेको छ । तर ९७ वटा संस्थाले भने प्रतिफल नै नदिएकाले ती संस्थाको व्यवस्थापनमा ध्यान दिन कार्यालयको सुझाव छ ।
कार्यालयका अनुसार नेपाल सरकारले गएको वर्षसम्म १०८ संस्थामा १ खर्ब ८१ अर्ब ९१ करोड शेयर लगानी गरेकोमा यो वर्ष थप लगानी ४४ अर्ब ६२ करोड, बोनस शेयर प्राप्त र समायोजनबाट २५ करोड थप भई यो वर्षसम्म २ खर्ब २६ अर्ब ७८ करोड शेयर लगानी भएको छ ।
शेयर लगानीबाट यो वर्ष नागरिक लगानी कोषबाट १ करोड ५७ लाखको बोनस शेयर र नेपाल टेलिकम, नेपाल राष्ट्र बैङ्क, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत १३ संस्थाबाट १७ अर्ब ४२ करोड ९० लाख प्रतिफल प्राप्त भएको देखिन्छ ।
तीबाहेक ९७ संस्थामा गरेको लगानी १ खर्ब ५१ अर्ब ८६ करोडबाट यो वर्ष कुनै प्रतिफल प्राप्त गरेको नदेखिँदा संस्थान सञ्चालन व्यवस्थापनमा दक्षता ल्याउनुपर्ने कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।