बा ६ च १०२५ नम्बरको प्राडो खोई ?

 चैत २९, २०७५ शुक्रबार १९:३४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – पूर्व प्रधानमन्त्री र मन्त्रीहरुले चढ्दै आएको ८ वटा प्राडो सरकारको नाममा नरहेको पाइएको छ । 

नेपाल विद्युत प्राधिकरणको चमेलिया जलविद्युत आयोजनाले आफ्ना लागि खरिद गरेका ८ वटा प्राडोहरु पूर्व विशिष्टहरुले प्रयोगमा ल्याएका हुन् । 

आयोजनाको गाडी पूर्व विशिष्टहरुले प्रयोग गरेपछि त्यसलाई सरकारको नाममा ल्याउन भन्दै सरकारले ९ वर्ष अघि नै आयोजनालाई भुक्तानीसमेत गरिसकेको थियो । तर अझैसम्म पनि भुक्तानी भइसकेका गाडीहरु सरकारको नाममा ल्याउन नसकेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

८ वटा गाडीमध्ये ३ वटा पूर्व प्रधानमन्त्री, एउटा पूर्व गृहमन्त्री, एउटा प्रधानमन्त्रीको सचिवालय र ३ वटा गृहमन्त्रालयले अहिले प्रयोग गरिरहेको छ । यस्तै बा ६ च १०२५ नम्बरको प्राडो जीपको बारेमा भने सरकारलाई कुनै जानकारी नरहेको गृह मन्त्रालयले जनाएको प्रतिवेदनमा उल्लेख छ । 

यसअघि गृहसचिव हुँदा मोहनकृष्ण सापकोटाले यो गाडी चढ्ने गर्नुभएको थियो ।   सापकोटा अहिले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सचिव हुनुहुन्छ । यसअघि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समेत त्यो गाडी चढ्नु भएको थियो । पछि उहाँले सरकारलाई फिर्ता गर्नु भएको थियो ।

तर अहिले यो गाडी कहाँ छ भन्ने कुरा नखुलेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

 


 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया