‘पूर्व राजपरिवारले प्रयोग गरेका बुलेटप्रुफ गाडी चलाउ, बाहिरबाट ल्याउनु पर्दैन’

 चैत २९, २०७५ शुक्रबार २०:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

नारायणहिटी दरबारमा थन्किएका कराैडाैँ मूल्य बराबरका गाडी तस्बिर - माई रिपब्लिका डट कम

काठमाण्डौ – पूर्व राजपरिवारले प्रयोग गर्ने बुलेटप्रुफ सवारी साधनहरु प्रयोगमा ल्याउन महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । 

नारायणहिटी दरबार संग्रहालयमा अहिले पनि ६ वटा बुलेटप्रुफ कारसहित २६ वटा सवारीसाधनहरु प्रयोगविहीन बनेर बसेको भन्दै महालेखाले त्यसलाई सामान्य मर्मत गरेर चलाउन सकिने अवस्था रहेको बताएको छ । 

पूर्व राजपरिवारका सदस्यले प्रयोग गरेका ११ भीभीआईपी बुलेटप्रुफ कारमध्ये एउटा उपराष्ट्रपति कार्यालय र ४ वटा नेपाली सेनालाई हस्तान्तरण गरिएको पनि उल्लेख छ ।  

बुलेटप्रुफ कार नहुँदा विभिन्न समयमा हुने विशिष्ट व्यक्तिको भ्रमणका बेला भाडामा लिएर चलाउनु परिरहेकाले थन्किएका सवारीसाधनलाई मर्मत गरी प्रयोगमा ल्याउनुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

गएको अगष्ट ३० र ३१, २०१८ मा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि ४ बुलेटप्रुफ कार भाडामा र भारत सरकारको सहयोगमा ५ कार उपयोग गर्नु परेको थियो । 

त्यसबेला भाडामा लिएको ४ बुलेटप्रुफ कार तथा अन्य १० थान कार र ३१ थान माइक्रोबसका लागि सवारी भाडाबापत ३६ लाख ८४ हजार रुपैयाँ सरकारले भुक्तान गरेको थियो ।  


 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया