बीपी राजमार्ग खुल्यो

 चैत ३०, २०७५ शनिबार १२:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – गाउँपालिकाका अध्यक्षमाथि हातपात गर्ने दोषीलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताको प्रदर्शनका कारण बिहानभरि बन्द बीपी राजमार्ग खुलेको छ ।

तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरलाई हातपात गर्ने नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवाललाई पक्राउ गरी कारबाही गर्ने प्रहरीले प्रतिबद्धता जनाएपछि बीपी राजमार्गमा यातायात सुरु भएको हो । गाँउपालिका अध्यक्ष थापामगर स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनु भएको हो । 

गाउFपालिका अध्यक्ष थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिबद्धता जनाए पनि गए राति नै छाडेकोले दोषीलाई कारबाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारिएको नेपाली कांग्रेस सिन्धुलीका सचिव दीपक घिमिरेले बताउनुभयो ।

नेकपाका स्थानीय नेता कटुवालले गाँउपालिकाका अध्यक्ष थापामगरलाई गत चैत २८ गते दिउँसो २ बजे कार्यकक्षमा नै दुव्र्यवहारसहित हातपात गरेको आरोप लागेको छ । तीनपाटन गाँउपालिका –१ बेल्घारीमा सडक निर्माणको काममा अनियमितता भएको गुनासो आएको र अनुगमनपश्चात सडक निर्माणको पैसा निकास गर्ने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाँउपालिका अध्यक्ष थापामगरको गुनासो छ ।

हातपात गरेर फरार रहेका कटुवालको खोजी भैरहेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया