चलचित्र 'कालो वर्ष' को ट्रेलर सार्वजनिक

 चैत ३०, २०७५ शनिबार २१:१७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै- आगामी वैशाख १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर युट्युब च्यानल ‘भिरगो टिभी’ मार्फत सार्वजनिक गरिएको हो । 

लक्षु गौतमको निर्देशनमा बनेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका छ । चलचित्रमा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश सापकोटा लगायतका कलाकारको अभिनय हेर्न पाइनेछ ।

ट्रेलरमा २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछिको कथावस्तुलाई समेटिएको छ ।  
लिकं– 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया