तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
ललितपुर - व्यायाम गरौँ स्वस्थ्य बनौँ भन्ने नाराका साथ शनिबार ललितपुरमा रन फर फन कार्यक्रम सम्पन्न भएको छ ।
पशुपतिनाथ मन्दिर संरक्षण तथा व्यवस्थापन समिति, लालीगुराँस युवा क्लब र क्लब अफ भैँसेपाटीले संयुक्त रुपमा आयोजना गरेको दौड प्रतियोगितामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन,वडाका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।
युवा युवतीका लागि प्रतियोगिता नै आयोजना गरिएको रन फर फनमा बालबालिका तथा अन्य उमेर समूहकाहरु पनि सहभागी थिए । दैनिक व्यायाम गर्नु स्वास्थ्यका लागि लाभदायक हुने सन्देश सबैसमक्ष पुर्याउने उद्देश्यले गरिएको रन फर फनका लागि ५ किलोमिटर को दूरी तय गरिएको थियो ।
दौड प्रतियोगितामा पहिलो दोश्रो र तेश्रो हुनेलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले प्रमाणपत्र र गणेशको मूर्ति प्रदान गर्नुभएको थियो । रन फर फन भैँसेपाटी आवास क्षेत्रबाट सुरु भएर खोकना, बुंगमती हुँदै पुन आवास क्षेत्रमै आएर समापन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।