बिस्केट जात्रा: रथ जुधाइयाे, लिङ्गो ठड्याइयाे

 चैत ३०, २०७५ शनिबार १९:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरको प्रसिद्ध बिस्केटको लिङ्गो शनिबार साँझ ६ बजे ठड्याइएकाे छ ।

ठड्याइएकाे लिङ्गो परम्परा अनुसार ५५ हात लामो रहेकाे छ । नाग र नागिनीको प्रतीकको रुपमा लिइने लिङ्गो ठड्याउन साँझ हजारौँ स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । साँझ ६ बजेदेखि स्थानीयले ठड्याउन खोजेको लिङ्गो डेढघण्टाको प्रयास पछि ठडिएकाे हो । तान्त्रिक विधि अनुसार ल्याइएकाे ईन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएकाे हो ।

लिङ्गो ठड्याएपछि भैरव र भद्रकालीको रथलाई पूजा गरी साँझ भूँइखेल पुर्‍याइने परम्परा रहेको छ । तान्त्रिक विधि अनुसार ईन्द्रध्वजासहित तयार पारिएको लिङ्गो जात्रा हेरेमा शत्रु नाश हुने जनविश्वास रहेकाले यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । 

ठड्याइएकाे लिङ्गो भोलिपल्ट दिनभर राखेर साँझ ढाल्ने परम्परा छ । भोलि वैशाख १ गते बिस्केटजात्राको रुपमा टाढाटाढाबाट लिङ्गो जात्रा हेर्नका लागि हजारौँ मानिस आउने गर्दछन् ।

प्रत्येक वर्ष चैत मसान्तका दिन भक्तपुरको कुमालेटोलमा हात नभएको लिङ्गो विधिपूर्वक पूजा गरी उठाइन्छ ।

त्यसैगरी थिमिको बोडेमा रहेकाे महालक्ष्मी मन्दिरमा पनि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । यस मन्दिर अगाडि लिङ्गो ठड्याएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिने जिब्रो छेड्ने जुजुभाई वाँस श्रेष्ठले बताउनुभयो ।

शनिवार नै कुमारीको रथ लहीटोलमा पुर्‍याइन्छ भने राति करिब नौ बजे जिब्रो छेड्ने बुद्धकृष्ण बाग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्ने परम्परा रहेको छ । आज व्रत सुरु भएपछि श्रेष्ठले केही खान नहुने, महिलासँग बोल्न र छुन नुहने, कुखुरा, बिरालो लगायतका पशुपंक्षीलाई छुन नुहने परम्परा रहेको छ ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया