चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
चितवन - नयाँ वर्ष मनाउनका चितवनको पर्यटकीय क्षेत्र सौराहामा पुगेका पर्यटकले सौराहा यतिबेला टनाटन भएको छ ।
पर्यटककाे चाप बढेका कारण नयाँ वर्षको पूर्वसन्ध्यामा सौराहा व्यस्त देखिएको छ । सौराहा पुगेका पर्यटकका लागि नयाँ वर्षको अघिल्लो रात विशेष कार्यक्रम हुने गरेकाले पर्यटकहरु रमाउने गर्दछन्।
सौराहाको राप्ती नदी किनारमा रहेका रेष्टुरेण्ट पर्यटकले भरिएका छन् । जंगल घुम्ने, हात्ती सफारी, डुगां सफारी गर्ने पर्यटकको भीड लागेको छ । अग्रिम रुपमा होटल बुक नगरी सौराहा पुगेका पर्यटकहरु होटल खोज्न व्यस्त देखिएका छन् । कतिपय युवा भने सौराहामा रातको कार्यक्रममा सहभागी भई हाेटलमा बस्नुकाे साटाे बाहिरी मनोरञ्जनमै नयाँ वर्षको अघिल्लो रात बिताउने गर्छन् ।
यति बेला सौराहामा विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटककाे चाप छ । सौराहा मात्र नभइ चितवनका अन्य पर्यटकीय क्षेत्र पटिहानी, मेघौलीमासमेत पर्यटकको चाप बढेको छ ।पर्यटकहरुले सौराहाका होटलमा एक हप्ताअगाडिदेखि नै बुक गरिसकेका थिए । क्षेत्रीय होटल संघ सौराहाकाअध्यक्ष सुमन घिमिरेले सौराहामा आन्तरिक पर्यटक बढेकाे बताउँदै ९० प्रतिशत होटल बुक भइसकेको बताउनुभयो ।
नयाँ वर्षमा शत प्रतिशत होटल भरिने गरेको बताउँदै उहाँले ८० प्रतिशत आन्तरिक र २० प्रतिशत विदेशी पर्यटक सौराहामा आएको बताउनुभयो । ‘हामी व्यस्त छौँ’ उहाँले भन्नुभयो, ‘पर्यटक मस्त छन् ।’
सौराहामा लगभग ६ हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने ११० होटल रहेका छन्। वन्यजन्तु पर्यटनका लागि चितवनको सौराहा नेपालकै ख्यातिप्राप्त पर्यटकीय क्षेत्र हो । सौराहासँगै जोडिएका अन्यप र्यटकीय क्षेत्रमा पनि पर्यटक खचाखच देखिएका छन् ।
नारायणगढ बजारक्षेत्रमा रहेका होटलमा समेत नयाँ वर्षका लागि यसपटक होटल बुकिंग बढेको होटल व्यवसायीहरुले बताएका छन् ।
यो वर्ष विक्रमबाबा मेला र नयाँवर्ष एकै समय परेकोले पनिआन्तरिक पर्यटक बढेको व्यवसायीहरुले बताए । लगातार दुई दिन बिदा भएका कारण पनि यस पटक सौराहामा पर्यटक बढेका हुन् । ७ हजार पर्यटक सौराहाले शनिबार व्यवस्थापन गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।
कुनै खास कार्यक्रम नहुँदासमेत पर्यटकको चाप बढ्दै गएकाले नेपालीहरुमा बिदाको समयमा घुम्ने संस्कृति बढ्दै गएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।