तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौँ – यस वर्षको राष्ट्रिय वनस्पति पुरस्कार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पतिशास्त्र विभागकी प्राध्यापक डाक्टर संगीता राजभण्डारीलाई प्रदान गरिएको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभागले आफ्नो स्वर्ण जयतीका अवसरमा २०६६ सालमा स्थापना गरेको एक लाख रुपैयाँ राशीको राष्ट्रिय वनस्पति पुरस्कार यस वर्ष प्रोफेसर डाक्टर भण्डारीलाई प्रदान गरिएको हो ।
शुक्रबार विभागको ५९ औँ वार्षिकोत्सव तथा २० औँ वनस्पति दिवसका अवसरमा आयोजित कार्यक्रममा वन तथा वातवारणमन्त्री शक्ति बस्नेतले भण्डारीलाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।
नेपालको झण्डै ४५ प्रतिशत भूभाग वन तथा वनस्पतिले ओगटे पनि यसको राम्रोसँग सदुपयोग हुन नसकेको टिप्पणी गर्दै पुरस्कृत राजभण्डारीले जलवायु परिवर्तन र मानवीय गतिविधिका कारण वनस्पति क्षेत्र नासिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।