समय कम छ छिटो दौडिनु छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठसहित)

 बैशाख १, २०७६ आइतबार ७:५३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट नयाँ वर्षको अवसरमा देशवासीलाई शुभकामना दिनुहुँदै उहाँले अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने बताउनुभयो ।  

विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छोटो रहेको हुँदा विकास र समृद्धि हासिल गर्न छिटो दौडनुको अर्को विकल्प नभएको बताउनुभयो ।  

२०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तिब्र गतिमा विकास र समृद्धि हासिल गर्ने बताउनुभयो । सम्बोधनको क्रममा उहाँले सरकारका उपलब्धिको चर्चा पनि गर्नुभयो ।  

प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उहाँले उपलब्धिको रुपमा व्याख्या गर्नुभयो । नेपाली इमान भएको जाति हो भन्दै उहाँले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने भएकाले अहिले देखिएको भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको पनि प्रष्ट पार्नुभयो । 

विभिन्न जालझेल गरेर माफियाहरुले कब्जा गरेका सरकारी जग्गाहरु फिर्ता गराउने अभियान सुरु भइसकेकाले अब सरकारी सम्पत्ति कुनै पनि हालतमा दूरुपयोग हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो । 

अब देशलाई अति कम विकसित मुलुकबाट विकसित मुलुकको रुपमा अघि बढाउन सरकार लागिरहेकाले त्यसमा सबैको साथ र सहकार्य जरुरी रहेको पनि उहाँले बताउनुभयो । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया