तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
रसुवा – रसुवागढी भन्सार कार्यालय रसुुवाले चालु आर्थिक वर्षको नौ महिनामा ८ अर्ब भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब ६२ लाख ६४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । साउनदेखि चैत मसान्तसम्ममा ८ अर्ब ७ करोड ५८ लाख ७७ हजार राजस्व सङ्कलन गरिसकेको कार्यालयले जनाएको छ ।
यो वार्षिक लक्ष्यको १५ प्रतिशत बढी हो । चीनसँग जोडिएका अन्य नाका सञ्चालन नभएका कारण यो नाकामा आयात तथा निर्यात बढ्दै गएको छ ।
गएको साउन र भदौ दुई महिनामा लक्ष्यभन्दा कम राजस्व उठाएको कार्यालयले त्यसपछिका महिनामा लक्ष्य भन्दा बढी राजस्व उठाउँदै आएको प्रमुख भन्सार अधिकृत पुण्य बिक्रम खड्काले बताउनुभयो ।
‘हामीले वार्षिक लक्ष्य फागुनमा नै भेटाएसकेका थियौँ, उहाँले भन्नुभयो, सामग्री आयात बढेका कारण हामीले सफलता पाएका हौँ ।’ २०७१ सालदेखि सञ्चालनमा आएको नाकामा कारोबार बढ्दै गएको छ ।
चीन जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालमा आएसँगै कारोबारमा सहज भएको छ । मालबाहक कन्टेनर तथा साना सवारी साधन उक्त सडकखण्डबाट आवतजावत गरिरहेका छन् ।
यो नाकाबाट रेडिमेट सामग्री तथा इलेक्ट्रिक सामग्रीको आयात बढी हुने गरेको छ । नेपालबाट कृषि तथा वनजन्य सामग्रीको निर्यात हुने गरेको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।