मौसम : मध्य र पूर्वका भूभागमा बदली, मेघगर्जनसहित पानी पर्ने सम्भावना

 वैशाख १, २०७६ आइतबार ९:१२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकासहित मध्य र पूर्वको केही ठाउँको मौसम अहिले बदली भएको छ । काठमाण्डौबाट पश्चिमतिर केही ठाउँमा मेघगर्जन पनि भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार पश्चिमी वायु अहिले काठमाण्डौतिर सरिरहेकाले काठमाण्डौसहित मध्य क्षेत्रको मौसम बदली भएर केहि ठाउँमा मेघगर्जन र चट्याङ परिरहेको छ । 

यसको प्रभावले आज मध्य र पूर्वको मौसम खुल्ने संभावना कम छ । दिउँसो केहीबेर मौसम खुले पनि फेरि बदली हुने मौसमविद् पाख्रेलको अनुमान छ ।

आइतबार मध्य र पूर्वका केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्नेछ भने उच्च हिमाली भेगमा हिमपातको पनि संभावना हरेको मौसमविद्ले बताएका छन् । केही ठाउँमा असिना पनि पर्न सक्ने मौसमविद् पोख्रेलको अनुमान छ ।

आइतबार र सोमबार मध्य र पूर्वको मौसम बदली भए पनि पश्चिमको मौसम भने आंशिक बदली हुनेछ । मंगलबार भने देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया