सबै भ्रष्टाचारीहरु कानुनी कठघरामा आउने सञ्चारमन्त्रीको दावी

 बैशाख १, २०७६ आइतबार २०:२४:३७ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारले एकपछि अर्को भ्रष्टाचारीलाइ नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको बताउनुभएकाे छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आइतबार गोरुसिँगेमा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । पछिल्लो समय ललिता निवास लगायत ५ सयभन्दा बढि भ्रष्टाचारीलाइ कारबाहीको दायरामा ल्याएको दावी गर्नुभयो ।

निर्मला पन्त, वाइड बडी विमान, ३३ किलो सुन प्रकरणमा संलग्न पनि क्रमश कानुनको कठघरामा आउने बताउनुभयो । साथै उहाँले यस वर्ष श्रमजीवी पत्रकारका लागि सुखद वर्ष हुने स्मरण गराउँदै यसका लागि संसदमा जारी विधेयक छिट्टै पारित हुने बताउनुभयो । 


 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया