मन्त्री र सरकारी कर्मचारीलाई रोपाईं गर्न भ्याईनभ्याई (फोटो फिचर)

 असार १५, २०७५ शुक्रबार १३:१८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

आज १५ असार, राष्ट्रिय धान दिवस । ‘धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि’  भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम भैरहेका छन् । केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मका सरकारले रोपाईं कार्यक्रम गरेका छन् । अरुबेला सितिमिति खेतमा नजानेहरु आज एकदिन भएपनि देखाउनकै लागि रोपाईं गर्दैछन् ।

उपप्रधानमन्त्री ईश्वर पोख्रेलले काठमाडौंको बुढानिलकण्ठमा धान रोप्नुभएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले रुपन्देहीको सैनामैनामा रोपाईं गर्नुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसा बाँस्कोटाले झापाको कमल गाउँपालिकामा यसैगरी रोपाईं गर्नुभएको छ ।

अरु मन्त्री र कर्मचारीहरु पनि धान रोपाईंमा व्यस्त छन् । वास्तविक किसान असार लागेदेखि नै धान खेतमा व्यस्त भएपनि धेरैलाई असार १५ एक दिन मात्र रोपाईं लाग्ने गरेको छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया