कुवेती दिनारको भाउ केही बढ्यो, अरु विदेशी मुद्रा स्थिर

 बैशाख २, २०७६ सोमबार ११:१४:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज सोमबार कुवेती दिनारको भाउ केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने आइतबार जस्तै स्थिर छ ।  

आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा छ ।

 आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ । 

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८२ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा छ । यस्तै सोमबार कुवेती दिनारको भाउ केही बढेको छ । कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

हिजो खरिददर ३६२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७२ पैसा तोकिएको थियो । बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९४ रुपैयाँ २५ पैसा छ । 

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया