माइक्रोसफ्टले एआईको लागि डेटा सेन्टर बनाउन यो वर्ष ८० अर्ब डलर...
पुस २०, २०८१ शनिबार
काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीबाट फर्किएर सीप परीक्षणका लागि निवेदन दिएका व्यक्तिको सीप परीक्षण मंगलबारदेखि ७ गतेसम्म गर्ने भएको छ ।
सरकारले आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीबाट फर्किएका एक हजार जना युवाको सीप परीक्षण गर्न आवेदन माग गरेको थियो । फारम भर्ने म्याद थप्दा पनि झण्डै साढे ४ सय जनाले मात्रै सीप परीक्षणका लागि निवेदन दिएका छन् ।
पहिलो पटक गएको मंसिर ११ गतेदेखि मंसिर मसान्तसम्मको म्याद दिएकोमा फारम भर्नेको सङ्ख्या कम भएपछि पुस मसान्तसम्मको म्याद थपिएको थियो । तर यो अवधिमा पनि सरकारले लक्ष्य लिएको भन्दा आधा कम युवाले फारम भरेका छन् ।
वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने स्थिती अन्त्य गर्न भन्दै सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको हो ।
वैदेशिक रोजगारीबाट फर्किंदा कामको प्रमाणपत्र नहुने र केही काम नपाएको भन्दै फेरि पनि विदेश नै जानुपर्ने अवस्थाको अन्त्य गर्न भन्दै सरकारले पहिलो पटक सीप परीक्षण गरेर प्रमाणपत्र दिन लागेको हो ।
अहिलेसम्म वर्षौं विदेशमा बसेर काम गरेर फर्किंदा पनि नेपाली कामदारले त्यो कामको अनुभवको प्रमाणपत्र पाएका छैनन् । जसले गर्दा नेपाल फर्किएपछि कुनै काम पाउन सजिलो छैन । न त अनुभवका आधारमा स्वरोजगार बन्न नै सहज छ ।
यसको अन्त्य गर्न सरकारले पहिलो पटक सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको हो । सीप परीक्षण र प्रमाणिकरण गरेर गरेपछि त्यसमा उत्तीर्ण भएका कामदारले लोकसेवाको परीक्षा पास गरेकै सरहको मान्यता पाउने बोर्डको भनाई छ ।
काम गर्न जानेका तर औपचारिक शिक्षा नलिएका व्यक्तिहरुले लेभल एकको तालिम लिएपछि मुखिया, लेभल दुईले खरिदार र लेभल तीनले सुब्बा सरहको मान्यता पाउनेछन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सीप परीक्षण समितिका कार्यकारी निर्देशक दामोदर देवकोटाका अनुसार यो सरकारबाट मान्यता दिइएको प्रमाणपत्र भएकाले कामदार त्यो तहको कामका लागि प्रतिस्पर्धा गर्न योग्य हुनेछन् ।
सीप परीक्षणका फाइदा त्यति मात्रै छैनन् । सीप परीक्षण गर्ने कामदारले आफूले सिकेका सीप प्रयोग गरी स्वरोजगार पनि बन्न सक्नेछन् । स्वरोजगार बन्न ऋण लिनु परेमा पनि यो प्रमाणपत्रले सघाउने देवकोटाको भनाई छ ।
सीप परीक्षणमा सहभागी भएर उत्तीर्ण हुने कामदारलाई जागिर खोज्न पनि सरकारले सघाउने छ । विभिन्न उद्योग तथा प्रतिष्ठानहरुसँग समन्वय गरी उनीहरुलाई चाहिएका जनशक्ति र कामदारका बीचमा समन्वय पनि गरिने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालय अन्तर्गत प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखाका प्रमुख ऋषिराम भुसालले बताउनुभयो ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि यो वर्ष २० वटा कामको सीप परीक्षण र प्रमाणिकरण गरी प्रमाणपत्र दिने भएको छ ।पहिलो पटक सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको सरकारले यो वर्षका लागि विल्डिङ पेन्टर, स्कापफोल्डर, बिल्डिङ इलेक्ट्रिसियन, असिष्टेण्ट वेटर, हाउसकिपिङ क्लिनर, रेफ्रिजेनेटर एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, टेलरिङ र फर्निचर मेकरको सीप परीक्षण गर्ने बताएको छ ।
यस्तै सटरिङ कापेन्ट्री, इन्डस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन (डकर्मी), असिष्टेन्ट ब्यूटिसियन, कमी तेस्रो, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण र प्रमाणिकरण गरिने बोर्डले जनाएको छ ।
यी काममध्ये एक व्यक्तिले एउटा कामको मात्रै सीप परीक्षण गर्न पाउनेछन् । यी सबै कामको परीक्षण प्रयोगात्मक (प्य्राक्टिकल) हुने सीप परीक्षण केन्द्रका सीप परीक्षण समितिका कार्यकारी निर्देशक दामोदर देवकोटाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।