पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
महोत्तरी – संघीयता टिकाउनको लागि आफ्नो पार्टी सरकारमा रहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले बताउनुभयाे ।
मंगलबार महोत्तरीको गौशालामा संघीय समाजवादी फोरम नेपालको नगरस्तरीय पार्टी कार्यालय उदघाटन तथा प्रथम नगरअधिवेशनलाई प्रमुख अतिथिको रुपमा उद्घाटन गर्दै राज्यमन्त्री यादवले सो कुरा बताउनुभएकाे हाे ।
संविधान संशोधन ठूलो कुरा नभइ संविधानमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्नु नै मुख्य कुरा रहेकोले आफ्नो पार्टी सरकारलाई समर्थन गरी संघीयता बचाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मन्त्री यादवले बतारउनुभयाे ।
संघीयता कायम गरिएको अवस्थामा केन्द्र सरकारले शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण कार्यालय आफ्नो मातहतमा राखिएकोले स्थानीय तहलाई कार्यसम्पादन गर्नका लागि मुश्किल भएको राज्यमन्त्री यादवले बताउनुभएकाे छ ।
एक अर्को प्रशंगमा राज्यमन्त्री यादवले स्वास्थ्य बीमालाई सार्थकता प्रदान गर्नका लागि स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्न सरकार लागि परेको बताउनुभयाे । महोत्तरीमा ६३ स्वास्थ्य केन्द्र र ९ वटा अस्पताल स्थापना गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयाे ।
गौशाला पार्टी प्यालेसमा जारी पार्टीको नगरअधिवेशनका बीच जिल्ला अध्यक्ष रामनरेश राय यादव, केन्द्रिय सदस्य रामदरेश यादव, राजनारायण यादव, लक्ष्मी महतो, विनाद महतो लगायतका नेता कार्यकर्ताहरुले सम्बोधन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।