पश्चिमी वायु र स्थानीय वायुको प्रभावले भोलि बिहानसम्म हावाहुरीसहित पानी पर्ने सम्भावना

 वैशाख ४, २०७६ बुधबार ७:५३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकासहित मध्य र पश्चिम तराईको मौसम अहिले सफा छ । अन्य ठाउँको मौसम बदली भई केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसँगै स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले अहिले सफा रहेको ठाउँको मौसम पनि बदली भएर हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार बिहानसम्मै धेरै ठाउँको मौसम बदली भएर हुरीबतास र चट्याङसहित पानी पर्ने संभावना छ । केही ठाउँमा असिना पनि पर्न सक्छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने मौसमविदको अनुमान छ ।

बिहीबारदेखि भने मौसममा केही सुधार हुने महाशाखाले जनाएको छ । तर पूर्ण रुपमा सफा हुन भने अझै केहि दिन लाग्ने मौसमविद्ले जानकारी दिएका छन् । 

अन्तिम अपडेट: कात्तिक २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया