हावाहुरीका कारण दोलखा जिल्लाभर विद्युत अवरुद्ध

 बैशाख ४, २०७६ बुधबार १३:४९:५३ | उषा तामाङ
unn.prixa.net

वैशाख – मंगलबार साँझको हावाहुरिका कारण दोलखा जिल्लाभर विद्युत अवरुद्ध भएको छ ।

मंगलबार साँझको हावाहुरीले विभिन्न स्थानमा विद्युतका पोल ढालेका कारण विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका इन्जिनियर उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

लामोसाँघु–चरिकोट, चरिकोट–जिरी, चरिकोट–सिप्रिङ जोड्ने ३३ केभी मुख्य प्रसारण लाइनमा हावाहुरीले क्षति पुर्‍याएपछि गए राति ८ बजेबाट अवरुद्ध भएको विद्युत हालसम्म सुरु हुन सकेको छैन ।

हावाले रुख ढालेपछि विद्युत पोलमा क्षति पुगेको हो । सदरमुकाम चरिकोट आसपासको क्षेत्रमा साँझसम्म विद्युत सञ्चालन हुन सक्ने अनुमान गरिए पनि जिल्लाभरको हकमा भन्न सक्ने अवस्था नरहेको जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया