उच्च अदालतमा परेका निर्वाचन परिणाम बदरसम्बन्धी सबै रिट खारेज

 असार १५, २०७५ शुक्रबार १७:४५:३३ | उज्यालो सहकर्मी

ओखलढुंगा – उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा स्थानीय तहको निर्वाचनको परिणाम बदरको माग गर्दै परेका सबै रिट निवदेन खारेज भएका छन् । 

अदालतको कार्यक्षेत्रमध्ये उदयपुर, ओखलढुंगा र सोलुखुम्बुबाट परेका सात रिट निवेदन र ३ वटा मुद्दामध्ये ९ ओटाको अन्तिम फैसला भएको छ ।  

अदालतका सुचना अधिकार्री श्वर आचार्यका अनुसार उत्प्रेषण, परमादेश र निषेधाज्ञा लगायतको आदेशबाट निर्वाचन परिणाम बदर, पुनः मत गणणा र पुनः मतदानको माग गरिएका सात वटा रिट दर्ता भएकामा सबै खारेज भएका छन् ।

त्यस्तै निर्वाचन बदर र निर्वाचित व्यक्तिको अयोग्यताका विषयमा अदालतमा दर्ता तीन मुद्दामध्ये एक फिर्ता र एक खारेज भएका छन् । सोलुखुम्बु जिल्लाको अयोग्यतासम्बन्धी एक मुद्दा मात्र अदालतमा विचाराधीन अवस्थामा रहेको उच्च अदालतका सुचना अधिकारी आचार्यले बताउनुभयो ।

‘स्थानीय तहको निर्वाचन ०७४ को परिणाम आएपछि निकटम प्रतिद्वन्द्वी मत परिणाम अस्वीकार गरे दर्ता गरेका १० मध्ये ९ को कनारा लगाइएको छ ’ उहाँले भन्नुभयो ।  

मतपरिणाम अस्वीकार गर्दै ओखलढुंगाबाट चार, सोलुखुम्बु र उदयपुरबाट ३/३ ओटा मुद्दा दर्ता भएका थिए । रिट निवेदन एक वर्षभित्र टुग्यांउने अदालती कार्यविधी अनुसार ९ ओटा नै फैसला भइसकेको छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया