पार्टी एकताको बाँकी काम टुंगियो : प्रचण्ड

 बैशाख ८, २०७६ आइतबार १२:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको बाँकि काम पनि टुंगिएको दाबी गर्नु भएको छ । 

अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको घोषणा गर्नु भएको हो । 

पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी एकताको बाँकी काम आइतबार बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई भोलि घोषणा हुने गरी निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको पनि जानकारी दिनुभयो । 

अध्यक्ष दाहालले पार्टी एकताको काममा केही ढिलाई भए पनि अब ढिलाई हुन्छ कि भन्ने शंका नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो ।

अध्यक्ष दाहालले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरे/नगरेको समीक्षा गरेर अघि बढने पनि बताउनु भयो । उहाँले जनताको अपेक्षा अनुसार पार्टी र सरकारको काम कार्वाहीलाई अघि बढाउन ‘समृद्ध नेपाल : सुःखी नेपाली’को नारा अघि सारिएको पनि स्मरण गराउनु भयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया