आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलन सामाजिक, राजनीतिक र वैचारिक हिसाबले आक्रामक रुपमा अघि बढेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसका अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलन आक्रामक रुपमा अगाडि बढेको बताउनु भएको छ ।
तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकतापछि जिल्ला संयोजकहरु छनोट गर्नु नै आफूहरुलाई ठूलो चुनौती रहेको बताउँदै त्यो गाँठो पनि अब फुकेको उहाँले बताउनुभयो । आफूहरुले ७७ जिल्लामै अध्यक्ष र सचिवको टुंगो लगाएको भन्दै पार्टी एकताको काम लगभग सकाएको प्रचण्डले बताउनुभयो ।
आफूहरु सन्तुष्टि लिएर मात्रै बस्न नहुने भन्दै प्रचण्डले नेकपाभित्रका कमीकमजोरीलाई समीक्षा गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वले अनुकरण गर्ने गरी अगाडि बढ्नु पर्ने पनि उहाँले बताउनुभयो । विगतका विकृति र विसङ्गतिबाट शिक्षा लिँदै पार्टीलाई शुद्धीकरणको बाटोमा लैजानु पर्ने उहाँले बताउनुभयो । ‘पार्टीभित्र धेरै नै फोहोर जम्मा भएको छ । यो फोहोरमैला सफा नगरी हामी अगाडि बढ्न सकिने छैन’, प्रचण्डले भन्नुभयो ।
आफ्नो पार्टीभित्र रहेको फोहोरमैला सफा गर्न सहयोग गर्न युवा नेतृत्वलाई आह्वान गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटा सांस्कृति आन्दोलन गर्दै विश्वलाई देखाउनु पर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।