नेपालमा काम गर्न आएका विदेशीबारे श्रम विभागबाट अनुगमन भएन : महालेखा प्रतिवेदन

 बैशाख ९, २०७६ सोमबार १५:५३:१३ | उज्यालो सहकर्मी

काठमाण्डौ – विदेशी नागरिकले श्रम स्वीकृतिको शर्त बमोजिम काम गरे/नगरेकोबारे श्रम विभागले कुनै अनुगमन नगरेको पाइएको छ । 

श्रम विभागले गएको वर्ष चीन, भारत, अमेरिका, बेलायत र अस्ट्रेलिया लगायत देशका एक हजार ६०८ जनालाई श्रम स्वीकृति दिएको र ९६२ को नवीकरण गरेको भए पनि उनीहरुले श्रम स्वीकृति अनुसार काम गरे/नगरेकोबारे कुनै अनुगमन नभएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। 
विभागले अनुगमन नगर्दा श्रम स्वीकृतिको अवधिभन्दा धेरै काम गरेको र एक प्रकारको भिसा लिएका विदेशी नागरिकले अर्कै काम गरेको पाइएको पनि महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

विभिन्न प्रकारका भिसाको स्वीकृति दिने निकाय बेग्लाबेग्लै भएको र ती निकायबीच समन्वय नहुँदा यस्तो समस्या आएको हो ।

आनौपचारिक क्षेत्रमा काम गर्ने विदेशी नागरिककोसमेत अध्ययन एवं पञ्जीकरण गर्ने उदेश्यले गएको वर्ष कार्यक्रम राखे पनि कार्यन्वयन भएको छैन । यस वर्ष भने यस्ता खालका कुनै पनि कार्यक्रमसमेत नराखिएको पाइएको छ ।

यसबारे समन्वय र अनुगमन आवश्यक रहेकोमा महालेखाको  प्रतिवेदनले जोड दिएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया