पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके - ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुटिङतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ ।
नेपालगञ्ज रङ्गशालाको सुटिङ रेञ्जमा मङ्गलबार सम्पन्न २३ औं महिला तथा २४ औं पुरुष राष्ट्रिय सुटिङ प्रतियोगिताका प्रदेश ३ का सुष्मिता नेपालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।
नेपालले १० मिटर एयर राइफलमा २४० मा २३३ अंक प्राप्त गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि स्नेहा राणाको नाममा २४० मा २३३ अंकको राष्ट्रिय कीर्तिमान नेपालले तोडेकी हुन् ।
एयर राइफल टिम इभेन्टमा नेपाली प्रहरीका हरि थापा र फुलमाया क्याप्छाकीको जोडीले स्वर्ण, नेपाली सेनाका सुशे चौधरी र मिरा बञ्जाराको टोलीले रजत तथा सेनाकै सुजन रानामगर र कल्पना परियारको जोडीले कास्य पदक जितेको छ ।
टिम इभेन्ट पेस्तोलमा प्रदेश ५ का बसरुद्धिन अन्सारी र कृष्णा थापाको जोडीले स्वर्ण, गण्डकीका केपी पुन र श्रेया केसीको जोडीले रजत तथा प्रहरीका अनिल ठकुरी र सीमा तुलाधरको जोडीले कास्य पदक जितेको छ ।
एयर राइफल पुरुषमा प्रदेश ५ का अर्णव घिमिरे स्वर्ण, प्रहरीका हरिबहादुर थापा रजत र नेपाली सेनाका सुशे चौधरीले कास्य पदक प्राप्त गर्नुभएको छ । एयर राइफल महिलामा प्रदेश नम्बर ३ का सुस्मिता नेपालले स्वर्ण, नेपाली सेनाका कल्पना परियारले रजत र प्रहरीका अस्मिता राईले कास्य पदक प्राप्त गर्नुभएको छ ।
एयर पिस्तोल पुरुषमा गण्डकीका विजय कार्कीले स्वर्ण, प्रहरीका सुकदेश चौधरीले रजत र सेनाका कुबेर केसीले कास्य पदक प्राप्त गर्नुभएको छ ।
एयर पिस्तोल महिलातर्फ गण्डकीका श्रेया केसीले स्वर्ण, प्रदेश ५ का कृष्णा थापाले रजत र प्रहरीका सीमा तुलाधरले कास्य पदक प्राप्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।