शुक्रबार नेपालगञ्ज र धनगढीको तापक्रम यो वर्षकै उच्च

 बैशाख १४, २०७६ शनिबार ७:३५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पहाडी क्षेत्रमा दिनदिनै पानी परेर बिहान चिसो भए पनि तराईमा भने गर्मी बढ्न थालेको छ ।शुक्रबार धनगढीको तापक्रम यो वर्षकै उच्च ४१ दशमलव ५ डिग्री र नेपालगञ्जको ४१ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसअघि गएको  वैशाख २ गते ३९ दशमलव २ सेल्सियस मापन गरिएको नेपालगञ्जको तापक्रम त्यसयता घटेको थियो । तर शुक्रबार यो वर्षकै उच्च ४१ डिग्री पुगेको हो ।

अहिले तत्काल पानी पर्ने नदेखिएकाले तराईका जिल्लाको तापक्रम अझै बढ्ने मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया