माइक्रोसफ्टले एआईको लागि डेटा सेन्टर बनाउन यो वर्ष ८० अर्ब डलर...
पुस २०, २०८१ शनिबार
काठमाण्डौ – वैदेशिक रोजगार विभागले १ सय ९७ वटा म्यानपावर खारेज गरेको छ । नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो ।
यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा म्यानपावर खारेज गर्ने गरेको छ ।
विभागले खारेज गरेपछि म्यानपावरले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै काम गर्न पाउँदैन । तर एजेण्ट र दलालहरुले खारेजीमा परेका म्यानपावरको नाम लिएर पनि ठग्ने भएकाले सचेत हुन पनि विभागले सबैलाई आग्रह गरेको छ । अहिले विभागमा १४ सय ३७ वटा म्यानपावर दर्ता छन् ।
विभागमा दर्ता भएका १४ सय ३७ मध्ये अहिले ११ सय ८५ वटा म्यानपावर मात्रै सञ्चालनमा छन् । ५५ वटा म्यानपावर सञ्चालनमा नरहेको विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका म्यानपावरमध्ये एक वर्षमा एक सय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर पनि खारेज हुने प्रावधान छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षा र म्यानपावरको संख्या घटाउन सरकारले यस्तो प्रावधान ल्याएको हो । विभागमा रहेको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७४/७५ मा ५ सय १२ वटा म्यानपावरले एक सय जना कामदार पठाउन सकेनन् । विभागको वेभसाइटमा गएर हेर्न सकिन्छ ।
एक वर्षमा १० जना पनि कामदार पठाउन नसक्ने म्यानपावरको सङ्ख्या ६७ छ । जसमध्ये ८ वटा म्यानपावरले एक जना मात्रै कामदार पठाएको विभागको तथ्याङ्कमा उल्लेख छ । ७ वटाले २ जना मात्र वैदेशिक रोजगारीमा पठाएका छन् ।
३ देखि १० जना मात्र कामदार पठाउनेमा ६० वटा म्यानपावर छन् । ११ देखि ५० जना पठाउनेको संख्या १ सय ८२ छ । २ हजारभन्दा बढी कामदार पठाउने म्यानपावरको संख्या १५ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।