२५ हजार रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

 बैशाख १६, २०७६ सोमबार १५:६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीको सुरूङ्गा नगरपालिका–५ का वडाअध्यक्ष सिल्टु मियाँ २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिइरहेका बेला वडा अध्यक्ष मियाँलाई पक्राउ गरेको हो ।

मियाँमाथि अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया