नेपालगञ्जमा कक्षा १२ का परीक्षार्थीबाट भेटियो बोराभरि चिट

 वैशाख १७, २०७६ मंगलबार १७:३५:५५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उप–महानगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईबाट खटिएको अनुगमन टोलीले मंगलबार नेपालगञ्जका केही परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षाको अनुगमन गरी ठूलो परिमाणमा चिट फेला पारेको छ । 

आठ वटा केन्द्रमा गरिएको अनुगमनपछि बोराका बोरा चिट फेला पारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि परीक्षाको अनुगमन गरिएको भन्दै परीक्षाका जिम्मेवार निकायसँगै केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीको चेकजाँचमा कसरी यतिधेरै ठूला किताबसहितको चिट परीक्षा हलमा पुग्यो, खोजीको विषय भएको बताउनुभयो ।

नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापाले माध्यामिक तहको अनुमतिलगायतका काम स्थानीय तहले गर्ने भएकाले शैक्षिक सुधारका लागि परीक्षाको अनुगमन गर्न पाउने  दाबी गर्नुभयो । 

मंगलबार विज्ञान (फिजिक्स)को परीक्षाको अनुगमन गरिएको हो । केही शिक्षकले स्थानीय तहले कक्षा १२ को परीक्षाको अनुगमन गर्न नपाउने भन्दै बिवाद गरेका थिए । अनुगमन टोलीले संस्थागत विद्यालयका परीक्षार्थी रहेको केन्द्रबाट बढी चिट फेला पारेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया